त्रिविको लापरबाही विरूद्ध नेपाल विद्यार्थी संघको प्रदर्शन

दक्ष खबर 15672+ समाचार ( )
१५ फाल्गुन २०८०, बिहीबार

 

काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिले त्रिविको लापरबाही विरूद्ध प्रदर्शन गरेको गरेको छ ।

देश कै सबै भन्दा जेष्ठ र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएकाे विज्ञप्तिमा जनाएको छ । 

'पछिल्लो समयमा त्रिविले देशको राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको बढ्दै गएको छ ।  यसको ठूलो कारण राज्यसत्तामा बसेकाहरुले पटक पटकसम्म आफ्नो सत्ता स्वार्थका लागि गरिएका गैरप्राज्ञिक गतिविधिका कारण नै सृजना भएको हो', विज्ञप्तिमा लेखिएको छ ।  

यस अघि पनि त्रिभुवन विश्वविद्यालयमा टड्कारो बनेर बसेको ‘दलीय भागवण्डा’’ पदाधिकारी नियुक्त गर्दा होस् वा अन्य कुनै त्रिविको प्रशासनिक काम कारवाहीमा होस् त्यो अन्त्य हुनु पर्छ भनेर देशव्यापी रूपमा अभियान नै सञ्चालन गरेर करिब १५००० विद्यार्थीहरूका तर्फबाट सम्माननीय प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपतिलाई पत्र संकनल गरेका थियौं । 

प्रधानमन्त्रीले विश्वविद्यालयमा दलीय भागवण्डाको अन्त्य हुने र उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नै नियुक्त हुने आश्वासन समेत जनाउनु भएको तर नियुक्त गर्दा बैमानीपूर्ण ढंगबाट दलीय स्वार्थ बोकेका व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नु भएको वडाले जनाएको छ । त्यसैको निरन्तरता स्वरुप अहिले पनि रजिष्टार र रेक्टर नियुक्ति प्रक्रियामा पनि यस्तै गतिविधिहरुलाई प्रश्रय दिइरहेको देखिएको छ। रजिष्टार र रेक्टर नियुक्ति प्रकियालाई पारदर्शी बनाउनु पर्ने सट्टामा उपकुलपतिले सीमित स्वार्थका लागि दलीय भागवण्डालाई नै प्रश्रय दिइरहेको देखिएको छ। 

अन्तत: वि.ए र वि.ए.ड प्रथम वर्षको परीक्षामा देखिएको कमजोरी र छानबिनबाट कारवाहीको लागि सिफारिस समेत भइसकेकाले कारवाहीको प्रक्रिया छिटो भन्दा छिटो गर्न नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ समितिले जोडदार माग गर्दछौँ। साथै रजिष्टार र रेक्टर नियुक्ति प्रकृयालाई पारदर्शी ढंगबाट गर्न समेत माग गर्दछौं। 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै