स्पोर्टस क्लब अफ सेन्ट लरेन्सको आयोजनामा साताव्यापी खेलकुद प्रतियोगिता 

दक्ष खबर 16459+ समाचार ( )
२ पौष २०८०, मङ्गलबार

काठमाडौँ । सेन्ट लरेन्स कलेजको स्पोर्टस क्लब अफ सेन्ट लरेन्स कलेज (कक्षा ११/१२) को आयोजनामा खेलकुद प्रतियोगिता आयोजना भएको छ । खेलकुद प्रतियोगिताको आज पहिलो दिन महिला फुटबल प्रतियोगिताबाट  खेलकुदको शुरूवात भएको हो । 

आजको प्रतियोगितामा सहभागी खेलाडी सँगसँगै रेफ्रिलाई फुटबल प्रदान गरेर  कलेजका प्राचार्य पुरूषोत्तम महर्जनले शुभारम्भ गर्नुभएको हो । 


एक हप्ता लामो प्रतियोगितामा विभिन्न खेलकुद आयोजना गरिएको सेन्ट लरेन्स कलेजका प्राचार्य पुरूषोत्तम महर्जनले जानकारी दिनुभयो । महिला तथा पुरूष दुवै तर्फको खेलकुद आयोजना गरिएको प्राचार्य महर्जनले बताउनुभयो । 

त्यस्तै, प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेबुल  टेनिस, ब्याटमिन्टन, चेस, बास्केटबल लगायतका खेलकुद आयोजना गरिएको पुरूषोत्तम महर्जनले जानकारी दिनुभयो । 


खेलकुद प्रतियोगिताको पहिलो दिन आज फुटबल प्रतियोगिताबाट शुरूवात गरिएको हो । त्यस्तै प्रतियोगितामा ३ गते भलिबल तथा टेबलटेनिस, ४ गते व्याटमिन्टन, ५ गते चेस तथा बास्केटबल, ६ र ७ गते बाकी खेलहरू सम्पन्न गर्ने तयारी रहेको महर्जनले जानकारी दिनुभयो ।  

फुटबल खेल चुच्चेपाटीस्थित भाटभटेनीको फुटबल  ग्राउन्डमा भइरहेको छ भने, किक्रेट मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ भने बाकी खेल कलेज प्रांगणमा हुने जनाइएको छ । सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा, जिवनोपयोगी सिप सँगसँगै खेलकुद प्रतियोगितामा पनि अब्बल सावित हुदै आईरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार