मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाएनन् विश्वास मत

दक्ष खबर 16570+ समाचार ( )
१५ आषाढ २०८०, शुक्रबार

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन पुनः सबै राजनीतिक दलसँग माग गर्नुभएको छ ।

विश्वासको मत लिनुअघि आजको प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बसेको थियो ।

मुख्यमन्त्री कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो । आजको बैठकमा विख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको हो । उहाँको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ ।

त्यसक्रममा उनले अर्को सरकार गठन हुने सम्भावना नरहेको भन्दै विधि, पद्धती र संवैधानिक व्यवस्थाको विषयमा हेक्का राख्न विपक्षी गठबन्धनलाई आग्रह गर्नुभयो । त्यसक्रममा उहाँले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताउनुभयो ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार