काठमाडौँ । नेपाल सरकारले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार
पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस
११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरु एकसाथ सार्वजनिक
गरेको हो ।
यस्ता छन् पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१)
Digital Nepal Transformation Project को लागि विश्व बैङ्कबाट प्रस्तावित
५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति
दिने र सो ऋणसँग सम्बन्धित वित्तीय सम्झौतालगायतका दस्तावेजहरूलाई अन्तिम
रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा
सरोकारावाला निकायका प्रतिनिधिहरू रहने गरी वार्ता टोली गठन गर्ने,
२) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने,
३)
मिति २०८२ पुस २२ गते थाइल्याण्डको बैंककमा हुने FATF\International
Cooperation Review Group\Asia–Pacific Joint Group सँग नेपाली
प्रतिनिधिमण्डलको Face to Face Meeting मा सहभागी हुन नेपाल राष्ट्र
बैङ्कका गभर्नर नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने,
४) प्रत्येक बर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने,
५)
नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले
प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब
शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने,
६) गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने,
७)
नेपाली सेनातर्फ तीनजना सहायक रथीलाई उपरथी दर्जामा एवं चारजना प्रमुख
सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, चारजना सहायक रथीको सरूवा गर्ने र
एकजना उपरथीको भारत भ्रमण स्वीकृत गर्ने,
८) वैदेशिक रोजगारीको
सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा (Valid Residency Card) प्राप्त
गरेका नेपाली नागरिकहरुलाई तोकिएबमोजिम श्रम स्वीकृति दिन स्वीकृति प्रदान
गर्ने,
९) शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना
समन्वय कार्यालय, बबरमहलमा कार्यरत लेखापाललाई कडा रोग लागेकोले प्रचलित
कानूनबमोजिम थप आर्थिक सहायता उपलब्ध गराउन स्वीकृति दिने,
१०) नेपाल र
भारत सरकारबीच हुने स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी
‘Memorandum of Understanding between the Ministry of Health and
Population of Government of Nepal and the Ministry of Health and Family
Welfare of the Government of the Republic of India on Cooperation in the
Field of Health and Medicine’ बिषयक परिमार्जित समझदारीपत्र स्वीकृत
गर्ने,
११) नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२\६\५ को निर्णयबमोजिम
संवत् २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक
सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन (Loss
and Damage Assessment) गर्न र सार्वजनिक संरचनाको पुनःनिर्माण योजना
(Reconstruction Plan) तयार गर्न राष्ट्रिय योजना आयोगका सचिवको
संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक
व्यवस्था मिलाउने,
१२) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश
प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री कमल प्रसाद भट्टराईलाई कायम मुकायम
मुकरर गर्ने,
१३) उपमहालेखापरीक्षक श्री इन्द्रप्रसाद आचार्य उमेरहदको
कारण २०८२ पुस ९ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा उहाँलाई अवकाशको
जानकारी दिने ।
साथै, पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू यसप्रकार छन् ः
१)
थाइल्याण्डमा आयोजना हुने Governance and Anticorruption : Methods and
Tools Behind an Effective Corruption–Eradication Strategy विषयक तालिम
कार्यक्रमको समापन सत्रमा २०८२ माघ ८ देखि १३ गतेसम्म सहभागी हुन अख्तियार
दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई स्वीकृति दिने,
२)
राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, वोर्ड, समिति तथा सार्वजनिक संस्थान
लगायत निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम
गर्ने सम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनको लागि
अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने,
३) २०८२ पुस २९ र ३० गते
बंगलादेशको ढाकामा आयोजना हुने नेपाल– बंगलादेश वाणिज्य सचिवस्तरको आठौं
बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको
नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने,
४) नेपाल प्रहरीको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने,
५) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने,
६) नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एक पटकका लागि IOM Resilience Fund मा दश हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने,
७)
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका सदस्य श्री महेश
प्रसाद काफ्लेको राजीनामा स्वीकृत गर्ने र सोही समितिको रिक्त सदस्य पदमा
श्री कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने,
८) २०८२ माघ ३ गते संयुक्त
राज्य अमेरिकामा आयोजना हुने Role of NRNA Youth in the Development of
Nepal Post Gen Z Revolution सम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा
तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,
९) राष्ट्रिय युवा
परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न युवा तथा खेलकुद
मन्त्रालयका सचिवको अध्यक्षतामा श्री मिलन कुमार सरदार थारू र श्री अस्मिता
ढुङ्गाना विज्ञ सदस्य रहेको समिति गठन गर्ने,
१०) United Nations Interim Security Force for Abyei (UNISFA) मिसन, अबेईमा Force Commander
को पदमा कार्यरत रहन नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठलाई स्वीकृति प्रदान गर्ने,
११)
नेपाली सेना, सैनिक साधारण सेवाका दुईजना महासेनानीलाई सोही सेवाको सहायक
रथी दर्जामा र चारजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने,
१२)
२०८२ माघ १२ र १३ गते साउदी अरेबियाको रियादमा आयोजना हुने Ministerial
Roundtable of the Global Labor Market Conference २०२६ मा सहभागी हुन
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति प्रदान
गर्ने,
१३) नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को अनुसूची संशोधन गर्ने,
१४) महालेखापरीक्षकको कार्यालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने,
१५) जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गरी जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने,
१६) नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारीपत्र स्वीकृत गर्ने,
१७) नेपाल सरकार र इजरायल सरकारबिच श्रम सम्झौता स्वीकृत गर्ने,
१८)
नेपाल सरकार र भ्mभचनभलत Emergent Forest Finance Accelerator, Inc. बिच
हुने Emission Reduction Purchase Agreement स्वीकृत गर्ने,
१९) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ स्वीकृत गर्ने,
२०) वन (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने,
२१)
नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको
उपमहालेखापरीक्षक पदमा श्री घनश्याम पराजुलीलाई बढुवा गर्ने,
२२) नायव
महान्यायाधिवक्ता श्री सूर्यराज दाहालले उमेर हदको कारणबाट मिति २०८२ । ९ ।
२२ देखि अनिवार्य अवकाश प्राप्त गर्नुहुने हुँदा उहाँलाई अवकाशको जानकारी
दिने ।