सकम्बरीबाट चर्चामा आएकी मोडल कुसुम शर्मा चलचित्र ‘माइली’मा अनुबन्धित

दक्ष खबर 13025+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

काठमाडौँ ।  चलचित्र ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत सकम्बरीबाट चर्चामा आएकी हुन् । उनले रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने बन्ने चलचित्रमा कामगर्न लागेकी हुन् । 

फिल्म युनिटले कुसुमको पोस्टरलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताउनुभयो । 

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार