परराष्ट्रमन्त्री डा आरजु राणा सँग स्वीस् राजदूतको शिष्टाचार भेट
८ श्रावण २०८१, मङ्गलबार
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।