बोडेमा जिब्रो छेड्ने जात्रा, सुजनले तेस्रो पटक जिब्रो छेडे (तस्विरसहित)

दक्ष खबर 12604+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्राको क्रममा १० इन्च लामो फलामकको सुइरोले सुजन बागको जिब्रो छेडिएको हो ।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने र जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ भन्ने मान्यता रहेको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार