काठमाडौँ । आईएसओ सटिफाइड मनास्लु वल्ड कलेजका विद्यार्थीहरू कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका छन् ।
चावहिल चुच्चेपाटीमा अवस्थित कलेजका २०७९ सालमा भर्ना भएका ५५६ जना विद्यार्थीहरूले कक्षा १२ को अन्तिम परीक्षामा सामेल भई उत्कृष्ट नतिजा प्राप्त गरेका हुन ।
मनास्लु वल्ड कलेजमा २०७९ सालमा कक्षा १२ मा भर्ना भएका ५५६ जना विद्यार्थीहरू मध्ये १०७ जना विद्यार्थीले (ए प्लस), ३३१ जना विद्यार्थीले (ए), ११३ जना विद्यार्थीले (बि प्लस) तथा ६ जना विद्यार्थीले (बि) ल्याएको कलेजका प्रेन्सिपल राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीलाई बदाई दिदैँ उत्तरोत्तर प्रगतिको कामना सहित आगामी यात्राको लागि शुभकामना व्यक्त गर्नुभयो ।
विभिन्न अवार्डबाट सम्मानित मनास्लु वल्ड कलेज गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको कलेज हो । कलेजले कक्षा ११/१२ सहित स्नातक तहमा विभिन्न विषयहरू अध्यायन अध्यापन गराउँदै आईरहेको छ ।