विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिनुभएकाे छ : वरिष्ठ पत्रकार किशोर नेपाल

दक्ष खबर 15672+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडाैँ । वरिष्ठ पत्रकार किशोर नेपालले विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गर्नुभयो । 

१११औँ विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडाैँमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उहाँले नयाँ पुस्ताका पत्रकारहरुले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । 

वरिष्ठ पत्रकार नेपालले भन्नुभयो, ‘विपी कोईरालाले धेरै ठूलो काम गरेर जानुभयो । हामीले त्यस्तो केही काम गर्न सकेका छैनौं । जेजति ठूला काम भएका छन् । त्यो पनि भत्किने बेला भएको छ जस्तो लाग्छ कहिलेकाँही । 

अहिलेको सामाजिक सञ्जालको अवस्था हेर्दाखरी, पत्रपत्रिकाको अवस्था हेर्दाखेरी, अहिलेका रेडियोहरु हेर्दाखेरी यो देशमा देशप्रतिको जवाफदेहिता नै छैन । आफँैप्रति केन्द्रित छौं समाज ।

यस्तो आफैँप्रति केन्द्रित समाजलाई सुधार्नु, त्यसलाई लयमा लिएर आउनु, गति दिनु भनेको धेरै कुरा हो । नयाँ पत्रकार साथीहरुले हामीले कति गर्नसक्यौँ, कति सकेनौं ? तर नयाँ आउने पत्रकार साथीहरुले भोलिको नेपाल, भोलिको नेपाली सञ्चार, भोलीको नेपाली समाजलाई प्रतिनिधित्व गरेर पत्रपत्रिका, रेडियो जे होस अनलाईन । ती सबैलाई बलियो बनाउनुस् । 

आफ्नो भाषामा संयम हुनुस् । हाम्रो भाषाको दोहन हुन थालेको छ । त्यसको सही प्रयाग गर्न जान्नुप¥यो । हामी खाली टेक्निकल्ली इन्टरनेटमा गयौँ भनेर नेपाली भाषालाई नबिर्सनु होला ।’

वरिष्ठ पत्रकार नेपालले आफैप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार