माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

दक्ष खबर 13506+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । 

प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।  अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उहाँले दिनुभयो । उहाँले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।   

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामा २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार