चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारणसभा सम्पन्न

दक्ष खबर 16514+ समाचार ( )
६ अशोज २०८०, शनिबार

काठमाडौँ। चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । २०६६ सालमा स्थापना भएको संस्थाले आ. व. २०८० को आषाढ मसान्तमा कुल सेयर पुँजी २ करोड ७५ लाख ७१ हजार ४०० रुपैयाँ पुर्याएकाे छ ।

निक्षेप संकलनतर्फ आ.व. २०७८/०७९ को तथ्याङ्कअनुसार गत आ.ब. २०७९/०८० को आषाढ मसान्तमा कुल निक्षेप रकम २१ करोड २३ लाख ६८ हजार २६४ रुपैयाँ रहेको संस्थाले जनाएकाे छ।

ऋण लगानीतर्फ भने, संस्थाले आफ्ना सदस्यहरूमा आ.व.२०७९/०८० को आषाढ मसान्त कुल २३ करोड ६४ लाख १५ हजार २७५ रुपैयाँ लगानी गरेको छ । 


कुल २ करोड ७५ लाख ७१ हजार ४०० रुपैयाँ शेयर पुजी रहेको संस्थामा २५१४ जना सेयर सदस्य रहेका छन् भने, संस्थाले १५औँ साधारण सभा आज एक समारोहबीच सम्पन्र गरेकाे छ  ।

जसकाे प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसेले रहनुभएकाे थियाे । उहाँले कार्यक्रमकाे समुद्घाटन गर्नुभएकाे हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार