काठमाडौँ । अरुणिमा शैक्षिक प्रतिष्ठान र रमेश विकल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित स्थलगत चित्रकला प्रतियोगिता मिति २०८१ भाद्र २९ गते शनिबारका दिन सम्पन्न भएको छ ।
साहित्यकार तथा चित्रकार रमेश विकलको सम्झनामा ३० विद्यालयहरुका ५८ प्रतिस्पर्धी विद्यार्थीहरु सहभागी भए । चित्रकला प्रतियोगिताको अध्यक्षता श्री गोपाल प्रसाद बरालज्युले गर्नुभएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको उपस्थितिमा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख व्यक्तित्व नेपा ललितका प्रज्ञाप्रतिष्ठानकाकुलपति नारदमणि हार्तमछालीद्रारा उद्घाटित प्रतियोगिताको पुरस्कार अर्पण समारोहमा पुरस्कृत प्रथ, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार तथा पुरस्कार विशिष्ट अतिथि रमेश विकल साहित्य प्रतष्ठानका वरिष्ठ उपाध्यक्ष के.के.कर्माचार्य तथा अरुणिमा शैक्षिक प्रतिष्ठाका कार्कारी प्राचार्य ईश्वरीप्रसाद लामिछानेले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि , कार्यकारी प्राचार्य, निर्णायक समितिका प्रतनिधि पूर्व प्राज्ञ रविन कोइरा, विजय चालिसे र गोपाल बराले मन्तव्य राख्नु भएको थियो । निर्णायक समितका अन्य सदष्यमा कलाकार कृष्ण शाह र कृष्ण श्रेष्ठ रहनु भएको थियो ।
ह्रस्व दीर्घ त लाजमर्दो छ । समाचार सम्प्रेषण को लागि धेरै धेरै धन्यवाद। बिजयी बिध्यार्थी भाइबहिनी हरु लाई हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछु। बरिष्ठ साहित्यकार तथा कलाकार रमेश विकल मा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।
विकल प्रति श्रद्धा सुमन।। सुन्दर समाचार संप्रेषण।