काठमाडौँ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित हुनु भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उहाँ अनुपस्थित हुनुभएको हो ।
उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सार्बजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गर्नुभएको छ ।
अब जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी रहे पछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।