काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ९ आरुबारीमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । सोही अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको हो ।
भाद्र १० गते सोमबार पुनःनिर्माण सम्पन्न हुने मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसे सहित नगर प्रमुख दिपक रिसालले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको वडा अध्यक्ष राजिव थापाले जानकारी दिनुभयो ।
उहाँले, "जन्माष्टमीका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा ९ आरुबारीमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण झुला, यज्ञ, होम, भजनकिर्तन जस्ता कार्यक्रमहरु हुने बताउनुभयो ।"
श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा हुने कार्यक्रमहरु :
१. वार्षिक पुजा, यज्ञ होम, कृष्ण झुला – बिहान ८ः०० बजेबाट
२. पुनःनिर्मित मन्दिरको समुद्घाटन – मध्यान्न १:०० बजे
३. दाताहरुमा अभिनन्दन (माल्यार्पण) – मध्यान्न १:३० बजे ४. प्रसाद वितरण – मध्यान्न २:०० बजे
५. भजनकिर्तन - मध्यान्न ३:०० बजे पछि