कामपा-८ द्वारा विभिन्न क्लव तथा संघसंस्थालाई ‘फायर हाइड्रेन्ट’ वितरण

दक्ष खबर 16457+ समाचार ( )
२० फाल्गुन २०७९, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-८ ले आगो नियन्त्रक यन्त्र ‘फायर हाइड्रेन्ट’ वितरण गरेको छ । 

आज आयोजित एक कार्यक्रमका बिच कामपा-८ भित्रका विभिन्न सार्वजनिक क्लव तथा संस्थाका व्यक्तिहरूलाई आगो नियन्त्रक यन्त्र वितरण गरिएको हो । 

विपद् घण्टी बजाएर नआउने भएकाले हरेक व्यक्तिहरू सचेत रहन आवश्यक रहेकाले अकल्पनीय रूपमा आगोलागि हुदाँ नियन्त्रण गर्नका लागि आगो नियन्त्रक यन्त्र ‘फायर हाइड्रेन्ट’वितरण गरिएको कामपा -८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो । 

उहाँले हरेक प्राकृतिक विपत्तिबाट हामी सबै सचेत रहनुपर्ने बताउदैँ वडास्तरबाटै नयाँ कार्यसमिति बनाएर यसलाई प्रभावकारी रूपमा अगाडि बढाइने समेत बताउनुभयो । 

वडाले पहिलो चरणमा ३० ओटा आगो नियन्त्रक यन्त्र र त्यसलाई राख्ने फलाको स्ट्यान समेत वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार