जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न

दक्ष खबर 15668+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

 काठमाडौँ । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौँमा आयोजित एक समारोहका बिच संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य गोविन्द प्रसाद निरौलाले राख्नुभएको थियो । उक्त साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले संस्थाको कार्य प्रगति सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


 संस्थाका कोषाध्यक्ष केन्द्र बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने,  लेखा समितिको प्रतिवेदन विष्णु प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी प्रमुख दिनेश आचार्यले संस्थाको भावि लक्ष्य तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

 कार्यक्रममा बोल्दै, सभाका सभापति एवम् जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले, 'आजसम्म यस संस्थालाई यहाँसम्म पुर्याउन साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।'  

उहाँले, संस्थाले देशभरी नै आर्थिकमन्दि रहेको परिपेक्षमा आफुहरूले आफ्नो सहकारी संस्थालाई फाइदामा देखाउनु सक्नु सम्पूर्ण बचतकर्ताहरूको विश्वासका रूपमा लिएको बताउनुभयो । 


 त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं नेफस्कुन सञ्चालक सदस्य रिना आचार्यले,'संस्थाको उन्नति प्रगतिको कामना गर्दै बचत कर्ताहरूलाई यस संस्थाप्रति विश्वास गरेर ढुक्क हुन आग्रह गर्नुभयो ।'

समारोहको सभापतिका रूपमा चन्द्र बहादुर श्रेष्ठ रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा नेफस्कुन सञ्चालक सदस्य रिता आचार्य रहनुभएको थियो भने, अतिथिका रूपमा नेफस्कुन फिल्ड कार्यलय न्युरोडको ऋण शाखा प्रमुख सुनिता तामाङ घिसिङ रहनु भएको थियो । 

संस्थाले १४ औँ वार्षिकोत्सबबाट नयाँ कार्यसमिति समिति समेत चयन गरेको छ । कार्यक्रममा संस्था पदाधिकारी सहित शेयर सदस्य तथा सदस्य संस्थाका पदाधिकारीहरूको उपस्थित रहेको थियो ।

 संस्थाले १४औँ वार्षिक साधारणसभाबाट चन्द्रबहादुर श्रेष्ठ बलामिको अध्यक्षतामा ७ सदस्यीय कार्य समिती चयन गरेको छ भने साथै विष्णु प्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती चयन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार