काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विपीन जोशीको रिहाइका निम्ति ‘कूटनीतिक प्रयास जारी’ रहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका निम्ति सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए ।
न्युज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उहाँले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो ।
उहाँले संविधान जारी गरेपछि तीनै तहका निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियाशाील भएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढंगले कुरा गरेको स्पष्ट बताउनुभयो ।