काठमाडाैँ । क्षति भएका प्रहरी कार्यालयहरूको पुनर्निमाण तथा पुनर्स्थापनाकका सहयात्री सँग भेटघाट र अभिवादन कार्यक्रममा सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा आयोजित कार्यक्रममा भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका सहयात्रीहरूसँग भेटघाट र अभिवादन कार्यक्रम सम्पन्न भएकाे हाे ।
सो अवसरमा काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, "प्रहरी नहुदाँ नागरिकले कति सास्ती भोग्नुपर्यो भन्ने कुरा जेन-जी आन्दोलनले देखाएको बताउनुभयो ।" उहाँले, "समाजले जबसम्म प्रहरी सँग आत्मियता कायम गर्न सकिदैन तबसम्म ऊ समाजबाटै डराउने बताउनुभयो ।"
उहाँले, "प्रहरी कार्यालय जनताको आफ्नो ठाउँ हो । त्यसको संरक्षण हामी गर्नुपर्छ । यो जल्दै गर्दा र यो बनाउन पनि हामी त्यत्तिकै अग्रसर भएर लागेका थियौँ । प्रहरी कार्यालयलाई छिटोभन्दा छिटो निर्माण गर्न हामी सबै तत्पर भएर काम गरेका थियौँ ।"
पशुपतिनाथको गुरूयोजना यो प्रहरी परिसर यहाँ नहुन पनि सक्ने बताउदैँ अब गुरूयोजना अनुसार निर्माण गर्दा पक्की बनाउनुपर्ने बताउदैँ उहाँले अहिलेको भवनको रेट्रोफिट गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिक एवं समुदायबाट भएका सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिँदै समाजको अपेक्षा सहित स्वच्छ, पारदर्शी, व्यावसायिक र नागरिक मैत्री प्रहरी सेवा प्रदान गरी नागरिकलाई पेशा व्यवसाय सञ्चालन गर्नका लागि भय रहित वातावरण सिर्जना गर्न नेपाल प्रहरी दृढ रहेको बताउनुभयो ।
कार्कीले,"प्रहरीको आवश्यकता नहुदाँ मात्र थाहा हुने र हुदाँ मतलब कसैलाई नि हुने नगरेेको बताउनुभयो ।" उहाँले, "आफुलाई आपत पर्दा मात्र पुलिसको आवश्यकता महसुस गर्न नहुने कार्कीले बताउनुभयो । "प्रहरीको महत्त्व बुझेर सबैले उत्तीकै साथ सहयोग गर्नु आवश्यक रहेको र नेपालमा विध्वंस हुदाँ नागरिकको अपार साथ सहयोगले चाडैं नै काम गर्न सहि ठाउँमा नेपाली आईपुगेको बताउनुभयो ।"
उहाँले,पुलिस भएपछि आफ्नो कर्तव्य दायित्व र शान्ति सुरक्षा प्रदान गर्नु आफ्नो कर्तव्य भएको र सबैलाई समान ब्यवहारका साथ सुरक्षा प्रदान गर्नु कर्तव्य र दायित्व भएको बताउनुभयो ।"
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद दिँदै समाजमा हुने कुनै पनि गैह्र-कानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको र यस कार्यमा समुदायसँग सहयोगको अपेक्षा समेत रहने बताउनुभयो ।
प्रहरी वृत्त गौशालामा भएको कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, काठमाडौँ महानगरपालिका वडा ७ का वडाअध्यक्ष विमल होडा, कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ९ का वडाअध्यक्ष रामजी भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।