जनताको सुख–दुःखमा सबैभन्दा नजिक रहने नै नगर प्रहरीहरू हाे : सुनिता डंगोल

दक्ष खबर 16456+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी नागरिकहरुसँग हरेक सुख–दुःख विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको भन्दै जनताको सबैभन्दा नजिक रहने संस्था नै नगर प्रहरी भएको बताएकी छिन् । 

शनिबार काठमाडौंमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले, ‘नगर प्रहरी भनेको नागरिकहरुसँग हरेक सुख–दुःख, विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको हुन्छ । त्यसकारण पनि नगर प्रहरीले महानगरपालिकाको प्रतिनिधित्व गरिरहेको हुन्छ । संस्थाले सोचेका कामहरु कार्यान्वयन गर्न पनि तपाईहरुको भूमिक एकदमै महत्वपूर्ण हुन्छ । तपाईहरुले काम गर्दा निष्पक्ष भएर काम गर्नुहुन्छ । जनता र संस्थाको हितको लागि काम गर्नुहुन्छ ।’ 

महानगरपालिकाको काम र योजनालाई कार्यान्वयन गर्न सकारात्मक रुपमा लागेका सबै नगर प्रहरीलाई धन्यवाद पनि दिएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार