ग्लोबल स्कुल अफ साइन्सका 'विद्यार्थीसँग उपप्रधान तथा गृहमन्त्री' कार्यक्रम सम्पन्न

दक्ष खबर 2424+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

काठमाडौँ । ग्लोबल स्कुल अफ साइन्सले 'विद्यार्थीसँग उपप्रधान तथा गृहमन्त्री' कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ग्लोबल स्कुल अफ साइन्सलेको संयोजनमा सम्पन्न भएको हो । 

'सुशासनमा अग्रसरता : नेतृत्वमा जवाफदेहिता' भन्ने मूल नारा सहित अन्तक्रियात्मक कार्यक्रममा विद्यार्थीका विविध जिज्ञासा र समसामयिक विषयमाथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रीले, 'विद्यार्थीका विविध प्रश्नको जवाफ दिने क्रममा विद्यार्थीलाई पढाइ साथै सिर्जनात्मकताका लागि उत्प्रेरित गर्नुभयो ।'

उहाँले, 'गृहमन्त्री श्रेष्ठले समसामयिक भ्रष्टाचारका विषय र बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विचार राख्नुभयो ।' 

कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ग्लोबल स्कुल अफ साइन्स कलेज प्रमुख, शिक्षकशिक्षिका, विद्यार्थी  सहित विविन्र तह र तप्काका व्यक्तिहरूको सहभागीता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार