कांग्रेसमा महिला महामन्त्री र उपसभापति अनिवार्य गरियोस : उर्मिला थपलिया

दक्ष खबर 15672+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गर्नुभएकाे छ ।  

कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना भनाइ राख्दै थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सार्नु भएकाे हाे ।

‘राजनीतिमा महिलाहरुको उल्लेख्य सहभागिता र आकर्षण बढेपनि ‘उप’ मै सिमित राख्ने परिपाटी तोड्न जरुरी छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख/उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरुको सहभागिता दुई प्रतिशत पनि छैन् । तर अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ । पार्टीका सबै संरचनामा एक महामन्त्री वा उपसभापति अनिवार्य निर्वाचित गर्ने व्यवस्था राखौं,’ उहाँले भन्नुभयाे ।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख समेत रहनुभएकी थपलियाले भ्रातृ एव शुभेच्छुक संस्थाहरुले समयमै अधिवेशन गर्न नसक्दा संगठनको गतिविधिमा सुस्तता आएको उल्लेख गर्दै प्रत्येक दुई/दुई बर्षमा अधिवेशन गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयाे ।

उहाँले भन्नुभयाे,‘भ्रातृ एव शुभेच्छुक संस्था आफुले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैं तोक्नसक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ ।’ बैठकमा थपलियाले विभागबाट चाँडै नै व्यवसायी एवम उद्यमीहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार