सिफल स्कुलको आयोजनामा 'डियरवाक प्रदर्शनी' आयोजना, एक सय बढी तस्वीरसहित पुरातात्त्विक वस्तु प्रदर्शन

दक्ष खबर 15913+ समाचार ( )
६ पौष २०८०, शनिबार

काठमाडौँ । सिफल स्कुलको आयोजनामा डियरवाक प्रदर्शनी कार्यक्रम आयोजना भएको छ ।  आज आयोजित एक कार्यक्रमका बिच 'डियरवाक प्रदर्शनी'  भएको हो ।

 उक्त प्रदर्शनीमा विभिन्न चित्रकला, पुरातात्त्विक बाजागाजा, भाडाँँकुडा, कुट्टो, कोदालो, ऐतिहासिक पैसाहरू, पुरानो टेलिभिजन, क्यामेरा, नेवार समुदायका बाजागाजा, भाडाँकुडा प्रदर्शन गरिएको सिफल स्कुलका अंग्रेजी हेड अफ डिपार्टमेन्ट प्रमुख गणेश पाण्डेले जानकारी दिनुभयो । 


विभिन्न पुरातात्त्विक वस्तुको संरक्षणार्थ चित्रकला प्रदर्शनी  सहित पुरातात्त्विक भाडाँकुडा, बाजा गाजा लगायतका वस्तुहरू प्रदर्शन गरिएको उहाँले बताउनुभयो । 

उहाँले डियरवाक लामो र ठुलो लक्ष्य प्राप्तिका निमित्त लम्किएकाले विभिन्न १० देशहरूमा यस्को कार्यालय रहेको पाण्डेले बताउनुभयो । उहाँले बाहिरी देशहरूमा 'डि होल्र्ड 'को  नामले संस्थागत रूपमा अगाडि बढेको बताउनुभयो । 


विभिन्न कक्षा १/२ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले बनाएका तस्वीरहरूलाई प्रदर्शन गरिएको उहाँले बताउनुभयो । प्रविधिको सदुपयोग सँगसँगै विद्यार्थीको अभिरूचिलाई डियरवाकले आत्मसात गर्दै अगाडि बढेको उहाँले बताउनुभयो । 

विभिन्न कार्यक्रमसहित दुईदिनसम्म चल्ने चित्रकला प्रदर्शनी सँगसँगै पुरातात्त्विक सामग्रीहरूको प्रदर्शनीमा विभिन्न व्यक्तिहरूले आफुसँग भएका सामग्रीहरूलाई उपलब्ध गराएर प्रदर्शनीमा सहयोग पुर्याएको उहाँले बताउनुभयो । 

त्यस्तै, डियरवाकको लक्ष्य भनेको ऐतिहासिक बस्तुहरूलाई आत्मसात गर्दै म्युजियम प्रदर्शनीलाई प्राथमिकतामा राख्दै ऐतिहासिक सम्पत्तिहरूको संरक्षण गर्नु रहेको उहाँले पाण्डेले बताउनुभयो  । विद्यार्थीहरूको अभिरुचिलाई आत्मसात गर्दै उनिहरूको लेख कला प्रदर्शनलाई डियरवाकले विभिन्न माध्यमबाट प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार