धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताउनुभएकाे छ । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको उहाँले बताउनुभएकाे हाे ।
उहाँले, 'अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको बताउनुभयाे । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने, वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जाने उहाँले बताउनुभयाे । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्ने उहाँले बताउनुभयाे ।'
प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि धनगढी पुग्नु भएकाे हाे ।