मिस नेपाल २०२४ को आवेदन खुल्ला

दक्ष खबर 15672+ समाचार ( )
१४ फाल्गुन २०८०, बुधवार

काठमाडौँ । मिस नेपाल २०२४ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो ।

यसपटकको प्रतियोगिताका लागि आयोजक संस्थाले काठमाडौँसहित विभिन्न आठ शहरमा अडिसन कार्यक्रम आयोजना गर्ने जनाएको छ ।  बिर्तामोड, इटहरी, विरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, पोखरा तथा काठमाडौँमा अडिसन कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।

यसपटकको प्रतियोगितामा विभिन्न १२ टाइटल अवार्डहरुको व्यवस्था गरिएको छ । यसपटक मिस पपुलर च्वाइस, मिस फिटनेस क्विन, मिस हेल्दी स्किन, मिस इन्टेलेक्चुअल, मिस ग्ल्यामर, मिस कन्फिडेन्ट, मिस फोटोजेनिक, फेस अफ द ययर, ओमन विद द विङ, मिस ब्यूटी विद अ पर्पस, मिस डिलाइटफूल ह्याप्पी इन्टेलिजेन्ट तथा मिस हाईजेन जस्ता टाइटल अवार्डहरु प्रदान गरिने छ । मिस हाइजेन यसै वर्षदेखि थपिएको टाइटल अवार्ड हो ।

फाइनल अडिसन भने मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगिहरुले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् ।

प्रतियोगितामा मिस नेपाल नर्थ अमेरिका, मिस हङकङ नेपाल, मिस नेपाल यूरोप, मिस वेस्टर्न नेपाल तथा मिस कोशी प्रदेशको समेत आवद्धता रहने छ । यी प्रतियोगिताका विजेताहरुले मिस नेपालमा सोझै सहभागिता जनाउन पाउने छन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार