अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न, युवा ज्योतिषद्वय पौडेल र घिमिरे सम्मानित

दक्ष खबर 15668+ समाचार ( )
२८ पौष २०८०, आइतबार


काठमाडौँ । अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति, धुलिखेल र एस्ट्राे वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा युवा ज्योतिषहरू ज्योतिष बिकास घिमिरे र ज्योतिष रञ्जन पौडेल पशुपतिनाथ अवार्डबाट सम्मानित भएका छन । कार्यक्रम माघ २७ र २८ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको थियो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भएको सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल भएको थियो । 

कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विशिष्ट व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

सम्मेलनमा नेपाल पंञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, एसियन एस्ट्राेलोजर कंग्रेस अध्यक्षमण्डलका महासचिव प्रा.डा एस.के. शास्त्री, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी लगायतको सहभागीता रहेको थियो  । 

त्यस्तै, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. जिएम गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा. प्रेमसिंङ साम्पाङ राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा. टी. सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा. नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीनलगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार