माधव नेपालले प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति दिनुभयो : सांसद महेश बर्तौला

दक्ष खबर 16457+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । 

बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताए । 

उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँहरुको । अरू केही नभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होईन् । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काम प्रकृयामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरु यसप्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार