काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ ले भण्डारखाल मार्गमा खुल्ला व्यायामशाला सञ्चालन तथा उद्घाटन गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा -८ का वडाअध्यक्ष आशामान संगतले खुल्ला व्यायमशालाको एक कार्यक्रमका बिच शनिबार समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष आशामान संगतले, 'कामपा -८ ले सर्वसाधारणका लागि खुल्ला व्यायामशाला सञ्चालन गरेको बताउनुभयो ।'
उहाँले यस व्यायामशालाबाट सर्वसाधरणले लाभ लिने र वडा भित्रका अरू ठाउँहरूमा पनि व्यायामशाला सञ्चालन गरिने उहाँले बताउनुभयो ।
परीक्षणका रूपमा व्यायामशाला सञ्चालन गरिएपनि यसको दिगोपन तथा सञ्चालनलाई मध्यनजर गरेर विभिन्न ठाउँमा व्यायामशाला सञ्चालन गर्ने तयारी गरिरहेको वडाअध्यक्ष संगतले बताउनुभयो ।
कामपा वडा-८ भित्र हाल विभिन्न मठमन्दिर सहित बाटोमा ढुंगा विछ्याउने काम समेत अगाडि बढाइएको छ ।