युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ 

दक्ष खबर 16456+ समाचार ( )
११ मंसिर २०८२, शनिबार

काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् । 

मन्त्री घिसिङले, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’ 

यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए ।  उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो । यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’ 

यसैगरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे । उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए । 

उनले, ‘चुनाव आउँदै छ, सही व्यक्ति चुनेर पठाउनुहोला । नेतृत्व सही आउनुपर्छ देश निर्माणको लागि। राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्छ । देशले डेलिभरी खोजेको छ, डेलिभरी दिनसक्ने नेतृत्वलाई जिताउनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार