नेपाल जस्ताे विकासोन्मुख देशहरुकाे खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्छाै : क्याप्टेन हुसेन मुसल्लम

दक्ष खबर 15660+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्ताे विकासोन्मुख देशहरुकाे खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएकाे छ ।

नेपाल पाैडी संघकाे आयोजनामा ललितपुरमा आयोजित  एक कार्यक्रममा उहाँले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे । उहाँले विश्व एक्वेटिक्सले नेपालको पौडी खेलको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयाे। 

पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको बताउँदै उहाँले अब नेपाल जस्ता विकासोन्मुख देशहरुका खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयाे  ।

उहाँले आफुहरुले नेपालको पौडी खेललाई नजिकबाट नियालेको बताउदैँ आफ्नो नेपाल भ्रमण नेपालको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनकै लागि भएको बताउनुभयाे । उहाँले प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे  । 

उहाँले पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकसित गर्नुपर्ने बताउनुभयाे । उहाँले आफ्नो अर्को भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न चाहेकाे बताउनुभयाे ।

कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उहाँको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार