शिशिर ठटालको 'धुन' बोलको गीत सार्वजनिक (भिडियोसहित)

दक्ष खबर 16327+ समाचार ( )
५ मंसिर २०८२, आइतबार

काठमाडौँ । मेरो भ्वाइस युनिभर्सको पहिलो सिजनका उपविजेता शिशिर ठटालको धुन बोलको गीत सार्वजनिक भएको छ । मेरो भ्वाइस युनिभर्सको मञ्चबाट धेरै दर्शकको मन जितेका सिक्किमका शिशिरले मन रागिनी, मायाको रंग जस्ता गीतले अझ माया बटुलिसकेका छन् । 

गीतमा  शिशिर ठटाल र गायिका रेनुका सुब्बा स्वर रहेको छ । गीतको शब्द  र कम्पोज ठटाल कै रहेको छ । गीतको प्रडक्सन फसिल स्टुडियो काठमाडौँबाट गरिएको छ । अडियो मिक्सिङ र मास्टरिङ सँगै एडिस्नल अडियो डिजाइन निविर एक्सको रहेको छ ।

भिडियोको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ भने, दीपेश तामाङ्ग, सञ्जिभनी राईले कास्ट गरेका छन । फिल्मिङ्गो स्टुडियोबाट रिलिज गरिएको यो गीतको भिडियोमा मोसिन क्षेत्रीको निर्देशन रहेको छ । यो गीतमा लगानी भने अमोन राईले गरेका छन् । 


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार