आज तीन संसदीय समितिको बैठक बस्दै

दक्ष खबर 15668+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

काठमाडौँ । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । 

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।   

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै, आज विधायन व्यवस्थापन समितिको ६२ औँ बैठक बस्ने भएको छ । अपराह्न  १ बजे सिंहदरवारमा बस्ने बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने छ । 

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ ।  बैठक दिनको १२ : ४५ बजे समिति हलमा बस्नेछ । आजको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने कार्यसूचि रहेको छ ।आज तीन संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार