उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा 

दक्ष खबर 17388+ समाचार ( )
२७ फाल्गुन २०८२, शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने-ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १,०९३ जना समेत कारबाहीमा परेका छन् । कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार