काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर भित्रको भिडियो बाहिरिएको छ । भिडियोमा पशुपतिनाथ भित्रको मेन मन्दिरहरू आसपास मन्दिरहरूको भिडियो सार्वजनिक गरिएको छ ।
जसमा, मन्दिर परिसरको सबै भिडियो तथा त्यसको बारेमा हिन्दी भाषामा ब्याख्या गरिएको छ । पशुपतिनाथ भित्र मोवाइल क्यामेरा लगायतका बस्तुहरूबाट तस्वीर/भिडियो खिच्न निषेध गरिएको छ । तर, कसरी पशुपतिनाथ मन्दिरको भिडियो कसरी बाहिरियो यसमा शंका उत्पन्न भएको छ ।
उक्त भिडियो राइजिङ रूद्र टिभि मार्फत हिजो (मंगलबार) लाइभ भिडियो सार्वजनिक गरेको छ । जसमा पशुपति क्षेत्र विकास कोषले यस विषयमा कुनै प्रतिक्रिया दिएको ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारी सँँग यस विषयमा कुराकानी गर्दा अहिलेसम्म केही थाहा नभएको र यस विषयमा छानबिन गरि कार्वाही गरिने बताउनुभयो ।