काठमाडौँ । कलाकारको रूपमा काम गर्दा थिएटर र चलचित्र फरक पाटो भएको बक्ताहरूले बताएका छन् । "विश्वभरका कथाहरूको उत्सव" आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवकाे जारी छलफलमा "रङ्गमञ्च कि रङ्गिनपर्दा" सहभागी कलाबारहरूले रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कस्का लागी गरिएको हो भन्ने भान हुन थालको बताए ।
पत्रकार सुकृत नेपालले सहजीकरण गर्नु भएको कार्यक्रममा रङ्गकर्मी सरिता गिरिले,'महोत्सवहरू जुधाउदाँ दर्शकहरूको कमी भएको बताइन् । ' उनले, रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कस्का लागी गरिएको हो भन्ने भान हुन थालको बताए ।
रङ्गकर्मी प्रमोद अग्रहरीले, 'घर बनाउन जग मजबुत बनाएझैँ रङ्गमञ्चबाट पर्दामा जादाँको खुटकिला भएको बताए । उनले स्वयं आफू को हो र के गर्दै छु भन्ने थाहा नहदाँ यस्यो अवस्था सिर्जना भएको बताए ।' उनले, रङ्गमञ्च धेरै जरुरी छ । पैसा पनि हो । खोट लगाउने काम पनि हो । सिमित समयमा कोही मान्छे पनि कलाकार बन्न सक्दै । यो एकदमै ठुलो काम हो ।
अभिनेता बुद्धि तामाङले, 'रङ्गकर्मीहरूले रङ्गमञ्चबाट रङ्गिन पर्दामा जान फरक परिस्थिति सिर्जना भएको बताएका छन् । चलचित्रमा वा रङ्गमञ्चमा आउँन खुट्किला नै रङ्गमञ्च भएको बताए । ' उनले, रङ्गिनपर्दा र रङ्गमञ्चको स्वाद फरक हुने बताए ।
रङ्गकर्मी सिर्जना अधिकारीले, "नाटक यस्तो विदा हो जहाँ निर्देशकले कलाकारलाई काम गराए पछि सबै कुरा कलाकारले सम्हाल्नु पर्छ तर, चलचित्रमा सहयोगिहरू धेरै हुने बताइन् ।" उनले, कलाकारको चरित्र सानो ठुलो हुदैन । नाटक नै धेरै छ । म साच्चै नै थिएटरबाट नै आर्थिक रूपमा काम गरेर अगाडि बढेको हो । थिएटरमा पैसा छैन भन्ने कुरा म मान्दिन ।