काठमाडौँ । नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशन शरूवात भएको छ । उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गर्नुभएको हो ।

आज हुन लागेको अधिवेशनमा दुईवटा प्यानल रहेको छ । जसमा अध्यक्ष पदमा नेपाल पौडी संघका हालका अध्यक्ष अशोक रत्न बज्राचार्य र जगतमान श्रेष्ठबिच प्रतिस्पर्धा हुदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले, विगतका प्रयासलाई आत्मसात गर्दै नयाँ कार्यसमितिले नयाँ काम गर्ने छ भन्ने अपेक्षा गरेको बताउनुभयो ।
उहाँले, राष्ट्रिय खेलकुद क्षेत्रलाई नियमन गर्ने एउटा मात्रै कानुन भएको र त्यसमा सधैं एकैखाले ब्यक्तिहरूको राज भएको उहाँले बताउनुभयो ।
त्यस्तै, खेलकुद संघहरूलाई चलाउने एउटामात्रै कानुन हुदाँ काम कर्वाही गर्न अप्ठ्यारो रहेकोले संसोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नयाँ कार्यसमितिले निति नियम बनाउने र खेलकुद क्षेत्र मध्ये पौडीका क्षेत्रमा राम्रो योगदान पुर्याइरहेको आफुले विश्वास लिएको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले विद्यालय तहमा खेलकुद क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि नवनियुक्त कार्यसमितिले काम गर्ने छ भन्ने विश्वास आफुले लिएका उहाँले बताउनुभयो ।
त्यस्तै, नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले अबका दिनमा खेलकुद क्षेत्रमा हुने परिवर्तनले खेलाडीको भावना आत्मसात गर्ने उहाँले बताउनुभयो । त्यस्तै, उहाँले पौडीलाई शून्यताबाट आज यस स्थानमा पुर्याउन आवश्यक हालसम्मका कार्यसमितिले महत्त्वपूर्ण योगदान पुर्याइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, आजको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । हालसम्मको अधिवेशनबाट चयन भएका अध्यक्षले ४२ वर्षसम्म नेपाल पौडी संघ सञ्चालन गर्दै आइरहेका थिए ।