काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा भनिएको् छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’
उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् । शाहको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारको तयारी पनि भइरहेको छ ।
आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् ।