काठमाडौँ । श्री कान्ति भैरवनाथ युवा समाजद्वारा आयोजना भएको सांस्कृतिक कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण समाजसेवीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१ मंसिर ३० गते भएको कार्यक्रममा सहयोग पु-याउने समाजसेवीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा ४ का वडाअध्यक्ष जयराम महतले, "कार्यक्रम गर्न धेरै गाह्रो छ, सबै कुराको संयोजन मात्र कार्यक्रम सफल भएको बताउनुभयो । " उहाँले, 'कुनै पनि घटना नभई कार्यक्रम सफल गर्नु भनेको महत्त्वपूर्ण कुरा रहेको उहाँले बताउनुभयो ।'
उपप्रमुख सान्नानी लामाले, "कार्यक्रम महत्त्वपूर्ण रूपमा सम्पन्न भएकोमा शुभकामना दिनुभयो ।" उहाँले, काम सँगसँगै मनोरञ्जन समेत आवश्यक रहने भएकाले समय समयमा यसखाले कार्यक्रम आवश्यक रहने उहाँले बताउनुभयो ।
गोकर्णेेश्ववर नगरपालिकाका मेेयर दिपक कुमार रिसालले, गोकर्णेेश्वरका युवाहरूले आफ्नो पहल कदमीमा जुन कार्यक्रम आयोजना गरेका छन् यसले स्थानीय सांगीतिक एवं ब्यापारीक माहोलका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले, पहिला गोनपामा स्थानीय कलाकार एवं सांगीतिक क्षेत्रका ब्यक्तिहरूलाई ल्याएर सांगीतिक कार्यक्रम आयोजना गर्नुपर्ने र यसका लागि आफुले बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, श्री कान्ति भैरवनाथ युवा समाजको अध्यक्ष अरुण श्रेष्ठले, "विभिन्न बाधा अर्चनका बाबजुद पनि गोनपा ४ मा महत्त्वपूर्ण रूपमा कार्यक्रम सफल गर्न साथ सहयोग पु-याउने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।" उहाँले, स्थानीय स्तरबाट समय समयमा यसखाले कार्यक्रम हुन आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, विशेष अतिथि गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, उप मेयर सान्नानी लामा, वडा नं ४ वडा अध्यक्ष जयराम महत लगायत वडा सदस्यहरू, विभिन्न समाजसेवीहरुको सहभागीता रहेको थियो ।