अनलाइन पत्रकारिता हाम्रो ढृण संकल्प

दक्ष खबर 12263+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

दक्ष खबर प्रालिद्वारा सञ्चालित दक्ष खबर डटकम आजबाट तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । पत्रकारिताको अनवरत यात्रामा हामी यहाँहरू माझ विभिन्न माध्यमबाट जोडिएका छौँ । 

२०७८ साल वैशाख २४ गतेबाट आफ्नो अनवरत यात्रा प्रारम्भ गरेकाे हामीले विभिन्न ठक्करबाट नयाँ अध्याय शुरूवात गरेका छौँ । 

अहिलेको परिस्थिति सापेक्ष अनलाइन पत्रकारितालाई आत्मसात् गर्दै नयाँ सोच, उमंग, जाँगर अनि नयाँ आयमका साथ तपाईंहरूमाझ हामी सधैं साथमै रहने प्रण गर्नेछौँ । 

हामी यहाँहरूलाई धेरै धेरै आभार ब्यक्ति गर्दछौं । किनभने तपाईंहरूको साथ सहयोग  विना आज हामी यहाँसम्मको यात्रा तय गर्न असमर्थ रहने थियौँ । 

अनलाइन माध्यामहरूको भिडमा हामीले तय गर्ने यात्रा यहाँहरूले फरक पाउनु नै भएको छ र पाउनु हुनेछ भन्ने अपेक्षा हामी राख्दछौँ ।

अनलाइन सञ्चार माध्यमको भिडबाट अल्लि टाढा नै रहेर, त्यहीँ भिडको सामना गर्दै केही नयाँ, केही छुट्टै र परिस्कृत रूपमा यहाँहरू माझ सहि, सत्य र सत्यताको संकल्प सहित अघि बढ्ने हामीले निधो गरिसकेका छौँ । 

हाम्रो ढृण संकल्प नै त्यै हो , "सत्य र सत्यताको खोजीमा हाम्रो आवाज"  यहीँ विचार, भावना र परिस्कृत सोचले नै हामीले हामीले हाम्रो यात्रा तय गरेका थियौँ । 

हामीले यस वेवमार्फत प्रकाशित गर्ने कुनै पनि समाचारहरू  आफ्नै रिपोर्टिङहरू तथा सरकारी एजेन्सी तथा अन्तराष्ट्रिय, एजेन्सीहरूका माध्यमबाट उत्पादित  सत्य, तथ्य र विश्वसनीय खबरहरू यहाँहरू माझ ल्याउने कुराहरूमा कुनै दुईमत रहेन । यी कुराहरूको आगामी दिनहरूमा यहाँहरूले नै पक्कै पनि मुल्यांकन गर्नु हुने छ । 

आगामी दिनमा अझै परिस्कृत हुदैँ जाने र पाठकहरूको रूचि अनुसार कन्टेन्टहरू राष्ट्र र अन्तराष्ट्रिय रूपमा  समाचारहरू पस्किने बाचा हामी यहाँहरू माझ गर्दछौँ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार