‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

दक्ष खबर 15672+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गर्नुभएकाे छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा सहभागी हुन मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहनु भएकाे छ । उहाँहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गर्नुभएकाे हाे । 

फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएकाे छ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँ फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी  हुनुहुने छ । भने, अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने बताइएकाे छ ।

कान्स र काठमाडौँ युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर रहेकाे छ । फेस्टिभल १२ दिन चल्नेछ। कार्यक्रममा सहभागी भएर मेयर शाह जेठ ७ गते स्वदेश फर्किने बताइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार