जुम्ला । चन्दननाथ नगरपालिका –९ को उम्गाड ५ उम्गाडर श्रीढुस्का गाउँबस्तीका समुदायलाई ग्यासबाट हुने आगलागी नियन्त्रण गर्ने विधिका बारेमा सिकाएको छ । घरको चुलोचौकमा बढी संलग्न हुने महिलालाई ग्यासबाट आगलागी भएमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएको हो ।
ग्यासबाट घरमा यदि आगलागी भएमा नआत्तिएर पानीकाे प्रयोग नगरी बोरा अथवा बाग्लो कपडा भिजाएर ग्यासको वरिपरिको भागमा हावा जान नदिएर नियन्त्रण गर्न सकिने विषयमा सशत्र प्रहरीले नमूना अभ्यासमार्फत समुदायलाई सचेत गरिएकाे हाे ।
घरको भान्सामा प्रयोग हुने ग्याँसबाट आगलागी भएमा नियन्त्रण गर्न सकिने उपायका विषयमा समुदाय स्तरमा गरिएको अभ्यासले सहज बनाएको उम्गाडका स्थानीय हिमालि सार्किले बताउनुभयाे ।
उहाँले,'समुदायमा पुगेर ग्यासबाट हुने आगलागीका विषयमा सचेत गराउने काम राम्रो भएकाे बताउनुभयाे । ' उहाँले, अहिलेसम्म हामीले ग्यासमा आगलागी भएमा नियन्त्रण गर्ने उपाय जानेका थियौँ । गाउँमै पुगेर गरिएको अभ्यासबाट ज्ञान प्राप्त सदुपयाेग गर्छाैँ । '