छैटौं सिजनको मनास्लु वल्र्ड कलेज एसईई डान्स च्याम्पियनसिपको अडिसन राउन्ड सम्पन्न (तस्विरसहित)

दक्ष खबर 16456+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

काठमाडौँ । छैटौं सिजनको मनास्लु वल्र्ड कलेज एसईई डान्स च्याम्पियनसिपको अडिसन राउन्ड सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र पोखरामा सम्पन्न अडिसन राउन्डबाट १५० भन्दा बढि प्रतिस्पर्धीहरू सहभागी गरिएको हो । 

"नृत्य मनोरञ्जनका लागि मात्र होइन, शिक्षाको एक हिस्सा हो भन्ने उद्देश्यले मनास्लु वल्र्ड कलेज एसईई डान्स च्याम्पियनसिपको आयोजना गरिएको," निर्देशक सरोज गदलले बताउनुभयो ।  २०१८ बाट शुरूवात भएको बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीले पाँचवटा सिजनकाे प्रतियोगिताहरू सम्पन्न गरिसकेको गदलले जानकारी दिनुभयो । 

उहाँले, 'प्रतियोगिताले युवापुस्तामा उत्कृष्ट मौका दिएको र यसलाई अवसरमा बदल्न महत्त्वपूर्ण भुमिका खेल्नेमा आफुहरू निश्चित रहेको बताउनुभयो ।' नेपालभरका युवाहरूलाई स-शक्त बनाउँदै नृत्यमा प्रेरित र उत्थान गर्दै मनोरञ्जन मात्र होइन स-शक्तिकरणको उद्गम मार्ग डान्स च्याम्पियनसिप भएको उहाँले बताउनुभयो । 

उक्त अडिसनको जजहरूमा प्रेम श्रेष्ठ, शान्ति कठायत, रोहिया महर्जन, नारायण रिजाल र आस्तिक कार्की  रहेका छन् । विजेता प्रतिस्पर्धीहरूले क्रमश: पहिलोले १ लाख, दोस्रोले ३० हजार, तेस्रोले  २० हजार सहित मनास्लु कलेजमा पूर्ण छात्रवृत्ति पाउने छन् । 

बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीले आयोजना गरेको डान्स च्याम्पियनसिपमा मनास्लु वल्र्ड कलेेज मुख्य प्रायोजकका रूपमा रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार