१५ हजार जरिवाना तिरेर गगन थापाद्वारा चुनावी खर्च सार्वजनिक

दक्ष खबर 13511+ समाचार ( )
११ श्रावण २०८०, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर- ४ का प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ । 

गत मंसिरमा भएको निर्वाचनमा उम्मेद्वारले बुझाउनु पर्ने खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले सार्वजनिक गरेको कार्वाहि अनुरूप महामन्त्री थापाले खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो । 

उहाँको चुनावी खर्च २३ लाख ४२ हजार ७६८ रहेको छ । उहाँले निर्वाचन आयोगमा मिति २०७९र०८र२५ गते नै आफ्नो खर्च विवरण बुझाइ सकेको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।, थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार