चैत्र १५ गतेदेखि ४० दिने 'बृहत पाशुपत पदयात्रा' 

दक्ष खबर 16206+ समाचार ( )
२९ माघ २०८२, शनिबार

काठमाडौँ । पशुपतिनाथको प्रचार–प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उदेश्यले काठमाडौँमा बृहत पाशुपत पदयात्रा हुने भएको छ । तनहुँको देवघाटमा रहेको महेश–संन्यास–आश्रमले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र १५ गतेदेखि ४० दिने राष्ट्र व्यापी बृहत पाशुपत परिक्रमा (६३ सिद्धस्थल पैदलयात्रा) आयोजना गरेको जनाएको हो ।

आगामी चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले जानकारी दिनुभयो । 

दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर लगाएतका क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरिने बताइएको छ । बृहत पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थीति रहने आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार