काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६९औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका विभिन्न संघसंस्था सदस्य रहने गरी समिति गठन गरिएको हो ।
"शनिबार समितिको कार्यलयमा भएको छलफलले २५६९औँ बुद्धजयन्तीलाई बुद्धका सन्देशहरु र दर्शन बुझ्ने मात्र नभई विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथको प्रचार विश्वव्यापी बनाउने गरी मनाउन लागिएको," समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।
उहाँले, 'बुद्धको जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीहरुलाई बौद्धमा आउने वातावरण बनाउन २५६९औँ बुद्ध जयन्ती अन्तराष्ट्रिय रूपमा सन्देश दिने गरि भव्य रुपमा मनाउन लागिएको लामाले बताउनुभयो ।'