बेल्कोटगढि -२ मा निशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, ८२ जना महिलाहरू लाभान्वित

दक्ष खबर 16327+ समाचार ( )
४ मंसिर २०८२, शनिबार

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–२ मा निशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
धार्के शाखाको आयोजना तथा चिरायु अस्पताल सँगको सहकार्यमा सम्पन्न शिविरमा स्थानीय ८२ जना महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी-२ का वडाअध्यक्ष राम चन्द्र तिमल्सिना रहनु भएको थियो भने, शिविर डा. पुण्य पौडेलको नेतृत्वमा सञ्चालन गरिएको थियो । कार्यक्रममा चिरायु अस्पतालका सीईओ गौतम पौडेलको उपस्थिति रहेको थियो ।

"स्थानीय महिलाहरूलाई स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको," बेलकोटगढी-२ का वडाअध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए ।

उनले करिब ८२ जना स्थानीय महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको बताए ।

त्यस्तै, चिरायु अस्पतालका सीईओ गौतम पौडेल ले,"स्थानीय स्थरमा रहेका महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरिएको बताउनुभयो ।

निशुल्क रूपमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट स्थानीय महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएकाे आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा चिकित्सकहरू डा. पुण्य पौडेल, डा. पूनम श्रेष्ठ, डा. बिशिका पुन र डा. सदीक्षा जोशीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार