गोनपा ९ र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा नि:शुक्ल आँखा परिक्षण हुदैँ

दक्ष खबर 16456+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ९ र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा नि:शुक्ल आँखा शिविर सञ्चालन हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ९ र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी शनिवार विहान ८ बजेदेखि १० बजेसम्म वडा कार्यालयमा नि:शुक्ल आँखा शिविर सञ्चालन गर्ने लागेको हो ।

नि:शुक्ल स्वास्थ्य शिविरमा सामान्य दृष्टि तथा आँखा परिक्षण, मधुमेह भएका बिरामीको दृष्टि पर्दाको परिक्षण तथा मोतिविन्दु परिक्षण तथा छनोट लगायतको सेवा उपलब्ध हुने गोनपा ९ का वडाअध्यक्ष राजिव थापाले जानकारी दिनुभयो । 

उहाँले, अन्य सेवाहरूमा नि:शुक्ल ‍‍औषधि वितरण, छनोट भएका मोतिविन्दु विरामीहरूको नि:शुक्ल स्वास्थ्य सेवा, मधुमेह खानपान र मधुमेह आँखा रोग सम्बन्धि सचेतना शिक्षा कार्यक्रम सञ्चालन हुने वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँले वडावासीलाई अनिवार्य रूपमा स्वास्थ्य शिविरमा सहभागी हुन आग्रह समेेत गर्नुभयो । उहाँले पछिल्लो समय आँखामा विभिन्न समस्याहरू देखिने गरेकाले आँखा परिक्षण शिविर आयोजना गरिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार