
नेपालमा पहिलो पटक भेलोसिटी पम्प फेस्ट आगामी शनिवार हुने

१६ श्रावण २०८०, मङ्गलबार
काठमाडौँ । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आगामी शनिवार हुने भएको छ ।
स्विचब्याक नेपाल र हिमाल सिंगल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटी पम्प फेस्ट आगामी शनिवार हुन लागेको हो । पेडल नचलाई साइकलमार्पmत मानवनिर्मित ट्य्राकमा उकालो ओरालो गर्ने रोचक कला हो पम्प ट्रयाक ।
पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिष्पर्धा गर्दछन् । उक्त पम्प ट्रयाक फेस्टिभल ललितपुरको वडा–१ स्थित गुसिगंलको बागमति किनारमा हुनेछ ।
यो ट्रयाक नोभेम्बर २०२२ मा स्विस कम्पनी भेलोसोलुसनको परोपकारी कार्य ‘पम्प फर पिस’मार्पmत निर्माण गरिएको थियो । भेलोसोलुसन विश्वभर पम्प ट्र्याक र साइक्लिङ ट्रेलहरू निर्माण गर्ने विशेषज्ञ हुन् ।
रेसमा किड्स बालबालिका ११ वर्षदेखि १४, युवा १४ देखि १६ वर्ष, जुनियर राइडर १७ वर्षसम्म, एलिट र मास्टर्सतर्फ महिला र पुरुष विधामा प्रतिष्पर्धा हुनेछ ।
दुई सय ५० मिटर दूरीमा पेडल नचलाई सबैभन्दा कम समयमा पार गर्ने विजेता घोषणा हुनेछन् । एलिट र मास्टर्सका विजेताले विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।
करिव ७० जनाले उक्त फेस्टिभलमा सहभागिता जनाउने आयोजक स्विचब्याक नेपालका सेल्स एण्ड मार्केटिङ प्रमुख कुशल ओझाले जानकारी दिए । प्रत्येक विधामा तीन शीर्ष विजेतालाई उपहारहरू प्रदान गरिनेछ । एलिटतर्फ नगद पुरस्कारको पनि व्यवस्था छ ।
कार्यक्रमलाई जायन्टले मुख्य प्रायोजन गरेको छ । जायन्ट उच्च गुणस्तारको साइकल र साइक्लिङ गियर उत्पादन गर्ने ब्राण्ड हो ।
