वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

दक्ष खबर 16510+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडाैँ । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ ।’

राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आईतवार दिउँसो सवा १ बजे बस्नेछ । न्युज एजेन्सी नेपाल


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार