राष्ट्रिय मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने

दक्ष खबर 16456+ समाचार ( )
४ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको अनुगमन गर्ने भएको छ ।

आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिनुभयो ।

आयोगले विगतदेखि शान्ति, सुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार