गगन थापाले भने, 'पार्टीभित्र ठूलो सुधार शुद्धीकरण र पुनःजागरणकाे आवश्यकता छ'

दक्ष खबर 16458+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् ।  

उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ । पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ ?’

नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरुले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरुप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए । 

थापाले विगतमा गल्ती गरेको स्वीकार गर्दै अब अविधेशनबाट नयाँ संकल्प र  योजनाहरु बनाउनुपर्ने बताए । 

‘हिजो हामीले पनि गल्ती र कमजोरी गर्यौ । अव नगर्ने के छ ? भ्रष्टाचारको कुराबाट समाजलाई वा संस्थाहरुलाई कसरी अलग गर्छौ  ? तमाम् विषयहरुका सन्दर्भमा हामीले आफूले हाम्रो अविधेशनबाट संकल्प गर्नुपर्नेछ, हाम्रो योजनाहरु बनाउनुपर्नेछ,’ उनले भने । उनले नेपाली कांग्रेस पावससँग जोडिएको पार्टी नभएको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार